बाजुरामा ४.१ रेक्टर स्केलकाे भूकम्प धक्का

| 2023 May 04 | 03:48 pm 1049

बाजुरा, वैशाख २१ः बाजुरामा भूकम्पको धक्का महसुस भएको छ । जिल्लाको बिछिया केन्द्रबिन्दु भई भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।

केन्द्रका अनुसार बिछिया केन्द्रबिन्दु भई आज (बिहीबार) दिउँसो १ः१७ बजे ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको हो । यसअघि वैशाख १५ गते पनि जिल्लाको दहकोट केन्द्रबिन्दु भई  तीन पटक भूकम्पको धक्का महसुस गरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.