बाजुरामा फेरि ३.७ म्याग्निच्युडको भूकम्प

रिपोर्ट नेपाल | 2023 May 06 | 06:51 pm 1181

बाजुरा, बैशाख २३ः बाजुरामा फेरि भूकम्प गएको छ । शनिबार दिउँसो १ बजेर ४२ मिनेटमा बाजुराको बिच्छ्या आसपास केन्द्रविन्दु भएर ३.७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार यसअघि गएको बिहीबार दिउँसो १ बजेर १७ मिनेटमा बाजुराकै सिमिकोट आसपास केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसअघि, यही वैशाख १८ गते सोमबार दिउँसो २ बजेर ३५ मिनेटमा हुम्लाको लाली आसपास केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.