बाख्रा चराउन जंगल गएकी बालिका मृत फेला

रिपोर्ट नेपाल | 2023 May 31 | 04:30 pm 1453

डडेल्धुरा, जेठ १७: डडेल्धुरामा बाख्रा चराउन गएकी एक बालिका मृत फेला परेकी छन् । मंगलबार जिल्लाको नवदुर्गा गाउँपालिका–५ लम्पाटीका लक्ष्मण विककी १० वर्षीया छोरी शानु विक मृत फेला परेकी हुन् ।

बाख्रा चराउन जंगल गएकी उनी राति अबेरसम्म घर नआएपछि प्रहरीलाई खबर गरिएको थियो ।

अस्थायी प्रहरी पोष्ट ठाँटाबजारबाट खटिएको प्रहरी टोलीले सानुलाई बुधबार बिहान घरबाट नजिकैको जंगलमा मृत अवस्थामा फेला पारेको जनाएको  छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.