बझाङ दुर्घटना अपडेट : मन्त्री सिंहको पनि निधन

| 2023 Jun 21 | 06:34 am 1325

धनगढी, असार ६। सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको मृत्यु भएको छ । उनको कोहलपुर मेडिकल कलेज, नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

मंगलबार धनगढीबाट बझाङ जाँदै गरेका मन्त्री प्रदेश ०१००१ झ ४८० नम्बरको गाडी दुर्घटनामा परेको थियो। दुर्घटनामा उनकी श्रीमती अमृतादेवी र भाउजु जानकीको घटना स्थलमा मृत्यु भएकोमा सिंहको उपचारको क्रममा ज्यान गएको हो।

मन्त्री सिंहलाई उपचारका लागि हेलिकोप्टरमा नेपालगञ्ज लिइएकोमा उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ। उनका पीएसओ दीपक भण्डारी र चालक धर्मराज जोशीको भने उपचार हुँदैछ। (नेपाल समाचारपत्रबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.