बझाङमा यार्सा टिप्न गएका थप एक पुरुषको कठ्याङ्ग्रिएर मृत्यु

रिपोर्ट नेपाल | 2023 May 03 | 08:17 am 977

बझाङ, बैशाख २०: यार्सागुम्बा संकलन गर्न  बझाङको हिमाली क्षेत्रमा गएका थप एक जना पुरुषको मृत्यु भएको छ । जिल्लाको सुर्मा गाउँपालिका वडा नं. ४ बस्ने अन्दाजी ४५ वर्षीय प्रमु बोहराको मंगलबार यार्चागुम्बा संकलनका क्रममा अत्यधिक हिमपात र पानी परेपछि घर आउने बेलामा चिसोले कठ्याङ्ग्रिएर बाटोमै मृत्यु भएको हो ।

बोहरा यार्सागुम्बा संकलन गर्न चुफी वनतिर गएका थिए । चुफी वनबाट मंगलबार हिमपात भइरहँदा घर फर्किंदै गर्दा तितापानी भन्ने स्थानमा चिसोले कठ्याङ्ग्रिएर ज्यान गएको स्थानीयले बताएका छन् ।

उनको मृत्यु भएको खबर प्राप्त भएको र यस विषयमा थप अनुसन्धार भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।  यसअघि सोमबार मत्रै सुर्मा गाउँपालिकाकै वडा नं ५ सैन गाउँका ३३ वर्षीय कलक बोहराको चिसोले कठ्याङ्ग्रिएर ज्यान गएको थियो । मंगलबार नै सुर्मा गाउँपालिकाकै ३३ वर्षीया झल्लादेवि बोहरा मंगलबार हिमपहिरोमा परेर बेपत्ता भएकी छन् । अन्नपूर्ण पाेस्टबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.