काठमाडौँ १९ जेठ / नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नयाँ बानेश्वरस्थित संसद् भवनमा नेकपा (एमाले) संसदीय दलको बैठकमाआगामी आर्थिक वर्षको बजेटमा केही कमीकमजोरी भए पनि त्यसमा व्यापक छलफल गरेर पारित गर्नुपर्ने बताएका छन् ।
ओलीले बजेटमा सघन छलफल गरेर त्यसलाई पारित गरिनुपर्ने बताएका हुन् । ‘बजेटलाई पूर्ण समर्थन गर्दै त्यसलाई पारित गर्ने अध्यक्ष ओलीले बताए ।
अध्यक्ष ओलीले आफ्नो क्षेत्रका आयोजनाका निम्ति विनियोजित रकम तथा प्रस्तावित आयोजना बजेटमा समावेश भएनभएको निर्क्यौल गर्न आफ्नो दलका सांसदहरूलाई सुझाव दिए । उनले सरकारमा सहभागी दलसँग परामर्श नभइ बजेट पेस भएको बताए ।