दैलेख, साउन ११ । नेपाल प्रहरीमा कार्यरत प्रहरी कर्मचारीका श्रीमतीहरुकाे छाता संगठन नेपाल प्रहरी श्रीमती संघले राउटे समुदायलाई खाद्यान्न वितरण गरेकाे छ ।
श्रीमती संघ कर्णाली प्रदेशले दैलेखकाे महाँबु गाउँपालिका वडा नं. ३ बाँसिकाे पाल्चाैरकाे जंगलमा बसाेवास गर्दै आएका ४१ राउटे परिवारलाई खाद्यान्न वितरण गरीएकाे थियो ।
खाद्यान्न वितरण कार्यक्रममा कर्णाली प्रदेशकी अध्यक्ष श्रीमती बिन्दु अधिकारी ढकाल सह – सचिव सुष्मा थापा, सदस्य यज्ञश्वरी पन्त लगायतको उपस्थिती रहेकाे थियो ।
