काठमाडौँ २० जेठ / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आर्थिक वर्ष २०८१\८२ को बजेटबारे छलफलको लागि भेटवार्ता भएको छ ।
अध्यक्ष ओलीले बजेटमा सार्वजनिक असन्तुष्टि जनाए पछि आइतबार सिंहदरबारमा प्रचण्ड र अध्यक्ष ओलीबीच भेटवार्ता भएको हो ।
अध्यक्ष ओलीले बजेट निर्माणका क्रममा सत्ता साझेदार दलहरूसँग छलफल नगरेको भन्दै हिजो गुनासो गरेका थिए । अध्यक्ष ओलीले जनयुद्धकालीन बजेट’ भनेरसमेत आलोचना गरेका थिए ।
आजको प्रतिनिधिसभा बैठकमा नेकपा एमालेका नेता तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले अर्थमन्त्री वर्षमान पुनले बजेट निर्माणका क्रममा सत्ता साझेदार दलहरूसँग छलफल गरेको भए अझै राम्रो बजेट ल्याउन सकिने बताउदैँ सांकेतिक रूपमा असन्तुष्टि जनाए ।
अध्यक्ष ओलीसहित एमालेका नेताहरुले बजेटमा सार्वजनिक असन्तुष्टि जनाएपछि प्रधानमन्त्री प्रचण्डले उनीसँग भेटवार्ता गरेका हुन् ।