माघ १६ काठमाडौँ / नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र कुनै गुट नभएको बताएका छन् । शुक्रबार मधेस प्रदेश समितिको बैठकलाई सम्बोधन गर्दै सभापति थापाले पार्टी एकढिक्का भएर निर्वाचनमा केन्द्रित भएको बताएका हुन् ।
उनले आफू निवर्तमान सभापति शेरबहादुर देउवा लगायतका नेताहरूसँग निरन्तर संबादमा रहेको बताए। निर्वाचनका बेला पुराना कुरालाई दिएर अल्झिने छुट कसैलाई नरहेको उनको भनाइ छ। उनले अहिले पार्टीभित्र कुनै गुट नरहेको बताए।
त्यस्तै सभापति थापाले पार्टीको केन्द्रीय कार्यसमिति बैठक छिटै बस्ने र अनुशासन समिति गठन गरिने जानकारी दिए। उनले निर्वाचनका बेला आफ्ना उम्मेदवारहरूलाई असहयोग गरेको उजुरी आएर प्रमाणित भए जोसुकैलाई कारबाही गर्ने स्पष्ट पारे।