काठमाडौँ ०३ बैशाख / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाको मुख्य सुरुङ ‘ब्रेक–थ्रु’ भएको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पछिल्ला दिनमा देखिएका आर्थिक परिसूचकहरूले समृद्धिमा गुणात्मक आशा जगाएको दाबी गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले सरकारको नयाँ समीकरणपछि राजस्व सङ्कलनले आर्थिक सुधारको लय समातेको बताएका हुन् ।
धानमन्त्री प्रचण्डले भने आयातित इन्धन घटाउँदै विद्युतीय गाडीमा प्रोत्साहन, जस्तापाता र स्टिलको निर्यातमा बढोत्तरी, सिमेन्ट निर्यातमा भएको महत्त्वपूर्ण प्रगति, पर्यटक आगमनमा इतिहासकै नयाँ रेकर्ड, उपत्यकाबाहिर हाउजिङ र अपार्टमेन्ट व्यवसायको विस्तारले सकारात्मक सन्देश प्रवाह गरेको छ ।