नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुँदै

| 2025 Nov 22 | 10:34 am 1553

मंसिर ६ काठमाडौँ / नेपाल क्रिकेट संघ (क्यान) क्यानका अनुसार नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुँदैछन् । पहिलो खेल कर्णाली याक्स र लुम्बिनी लायन्सबीच हुँदैछ भने दोस्रो खेल विराटनगर किङ्स र काठमान्डु गोर्खाजबीच हुँदैछ ।

 

कर्णाली याक्स र लुम्बिनी बीचको खेल त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ११:१५ बाट सुरु हुँदैछ । यस्तै दोस्रो खेल विराटनगर र काठमान्डुबीच साढे तीन बजेदेखि सुरु हुनेछ ।

 

यता विराटनगर आफ्नो दोस्रो खेल खेल्दैछ भने काठमान्डु गोर्खाजको तेस्रो खेल हो । विराटनगरले आफ्नो पहिलो खेल पोखरा एभेन्जर्सलाई ५३ रनको फराकिलो अन्तरले हराएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.