नेपाली कांग्रेसले राष्ट्रिय सभामा गठबन्धन गर्ने

रिपोर्ट नेपाल | 2026 Jan 06 | 05:58 pm 709

पुष २२ काठमाडौँ / नेपाली कांग्रेसको सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठक महाधिवेशन भन्दापनि निर्वाचनमा केन्द्रीत भएर नेताहरुले आफ्नो धारणा राखेका छन् ।

नेपाली कांग्रेसले माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा अन्य दलसँग तालमेल गर्ने निर्णय गरेको छ। कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाएका छन्।

बैठकमा महामन्त्री गगनकुमार थापा, सहमहामन्त्रीहरू फरमुल्लाह मन्सुर र जीवन परियारले आफ्नो धारणा व्यक्त गरेका थिए। बैठक बुधबार बिहान ९ बजे बस्ने पौडेलले जानकारी दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.