धनुषाबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद

रिपोर्ट नेपाल | 2025 Sep 20 | 01:22 pm 245

काठमाडौँ ४ असोज / सशस्त्र प्रहरीले धनुषामा ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ ।

सशस्त्र प्रहरीले धनुषाबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ । विदेह नगरपालिका–३ गोबराहीस्थित बाँसघारीमा लुकाइ राखिएको अवस्थामा ८ सय ३५ किलोग्राम गाँजा सशस्त्र प्रहरीले बरामद गरेको हो ।

प्रहरी निरीक्षक हेमन्त लिम्बूको कमाण्डमा खटिएको २७ जनाको टोलीले उक्त गाँजा फेला पारेको हो । बरामद गरिएको गाँजा गोबराहीका स्थानीय जोगिन्द्र साहको बाँसघारीभित्र रहेको टहरोमा लुकाइ राखिएको अवस्थामा भेटिएको सशस्त्र प्रहरी बलका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक अशोक बमले जानकारी दिए ।

बरामद गरिएको गाँजा आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.