दुईवटा संसदीय समितिको बैठक बस्दै

| 2025 May 26 | 08:28 am 869

काठमाडौँ १२ जेठ / संघीय संसद् अन्तर्गत आज सोमबार अर्थ समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित दुईवटा संसदीय समितिको बैठक बस्दैछ ।

अर्थ समितिको बैठक दिनको १२ बजे बस्ने भएको छ । बैठकमा बैंक तथा बित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा सरोकारवाला र विज्ञसँग छलफल गरिने कार्यसूची रहेको छ ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान ११ बजे बस्दै छ । सिंहदरबारमा बस्ने बैठकमा निकासी पैठारी (नियमन) विधेयक, २०८१ माथि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयसँग छलफल हुने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.