दमन रुपाखेतीकाे नयाँ प्रस्तुती ‘लाष्टाँ त्यै’

| 2022 Jul 21 | 08:47 pm 3069

काठमाडौं, साउन ५ः लामो समय देखि विभिन्न हाँस्य टेली सिरियलमा एकछत्र रुपमा काम गर्दै आएका कलाकार तथा निर्माता दमन रुपाखेतीले अर्को नयाँ टेली सिरियल लाष्टाँ त्यै निर्माण गरेका छन् ।

आम दर्शक माझमा थुप्रै टेली सिरियलले मनोरञ्जन दिई रहेको अवस्थमा थप मनोरञ्जन दिने हेतुले अर्को टेली सिरियल लाष्टाँ त्यै नामक टेली सिरियलले मनोरञ्जन दिन थालेको छ ।

निर्माता तथा कलाकार दमन रुपाखेतीद्वारा निर्माण गरिएको लाष्टाँ त्यै टेली सिरियलको पहिलो भाग जीतु कमेडी नामक युट्युब च्यानल मार्फत दर्शक माझ सार्वजनिक गरेका छन् ।

उक्त टेली सिरियलमा निर्माता तथा कलाकार दमन रुपाखेती, सुमन गिरी (भान्जा), सुरेन्द्र केसी लगायत अन्य चर्चित कलाकारहरुले अभिनय गरेका छन् ।

साथै आम दर्शकको माया, साथ, सहयोग सँगसगै यस टेली सिरियलको अन्य भागहरु निरन्तर रुपमा निर्माण गरी दर्शकलाई अझ मनोरञ्जन दिने निर्माता दमन रुपाखेतीले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.