काठमाडौँ ७ असोज/ आइतबार बसेको मन्त्रिपरिषद बैठकले तीनजना सचिवको सरुवा गरेको छ। जस अनुसार गृहसचिव गोकर्णमणि दुवाडी, रक्षासचिव रामेश्वर दंगाल र राष्ट्रिय योजना आयोगका सचिव सुमनराज अर्यालको सरुवा गरेको हो।
प्रधानमन्त्री कार्यालयका अनुसार गृहसचिवमा रक्षाबाट दंगाललाई ल्याइएको छ भने अर्याललाई रक्षा मन्त्रालयको सचिवमा सरुवा गरिएको छ। यसैगरी गृहसचिव दुवाडीलाई राष्ट्रिय योजना आयोगमा पठाएको छ।