तीन किलोमिटर ट्र्याक तीन सातामा

रिपोर्ट नेपाल | 2019 Oct 21 | 08:38 am 1256

ताप्लेजुङ, कात्तिक ४: तिब्बतको रिउ बजारमा मजदुरले पूर्वोत्तर नेपालको व्यापारिक नाका ओलाङचुङगोलाबाट सुरु हुने उत्तर–दक्षिण (मूलघाट–दोभान–ओलाङ्चुङगोला) सडकको तीन किलोमिटर ट्र्याक तीन सातामा नै खोलेका छन् ।

सात महिनामा पहाडी क्षेत्रको २५ किलोमिटर सडकको ट्र्याक खोलेर चर्चा कमाएको यही समूहले यो सडकको ट्र्याक खोलेको हो ।

ओलाङ्चुङगोलाबाट लेलेपको लुङ्थुङतर्फ तीन किलोमिटरको ट्र्याक खुलेपछि यो सडक योजनाको ट्र्याक खुल्न बाँकी दुरी १७–१८ किलोमिटर सीमित भएको छ ।

यो सडक निर्माणको मुख्य जिम्मेवारी पाएको एसबिए–एलाइट जेभी (संयुक्त उपक्रम) का चारवटा उपकरणले लुङ्थुङबाट गोलातर्फ धमाधम ट्र्याक खोल्ने काम अघि बढाइरहेकाले बाँकी दुरी छिचोलिन लामो समय नलाग्ने ठेकेदार कम्पनीका साइट इन्चार्ज राजीव लामिछानेले जानकारी दिए । नागरिक दैनिकमा

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.