तिमि भन्दा महान छैन कोही यहाँ

| 2023 Aug 31 | 10:05 am 3297

कविता

चाडपर्वहरुमा तिम्रै सम्झनाले मुटु दुख्छ आमा,

तिमी  भन्दा महान कोही छैन यहाँ ।

कहाँ हरायाै कहाँ विलायाै ?

सपनिमा आउ  न आमा ।

जब वात्सल्यको कमी महशुस हुन्छ,

हराउन मन लाग्छ तिम्रै अधरमा ।

कति  चाँडो दैवले चुँडेर लग्यो,

तस्विर हेर्न सक्दिन, कहिलेकाँही लाग्छ,

फेरी फर्काै त्यही अतितमा ।

अश्रुधारा बर्षन थालेछन,

ब्रह्ममुहुर्तमा थिए जब ध्यानमा ।

तिमि भन्दा महान छैन कोही यहाँ

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.