तराईका इँटा भट्टामा हिमाली घोडा

रिपोर्ट नेपाल | 2023 Apr 02 | 07:16 am 1037

कालीकोट, चैत १९ः झट्ट सुन्दा र हेर्दा अच्चम लाग्न सक्छ तर अच्चम मान्नु पर्दैन, तराईमा उत्पादन गर्दै आएका इँटा ढुवानीका लागि हिमाली जिल्ला जुम्लाका घोडा प्रयोग हुँदै आएका छन । तराई क्षेत्र भए पनि सडकमार्फत इट्टा ढुवानी गर्न सहज नहुँदा इँटा व्यवसायीले हिमाली जिल्लाका घोडा इँटा भट्टामा प्रयोग गर्दै आएका छन् ।

शनिबार जुम्लाबाट खरिद गरिल्याएका घोडाका बारेमा जानकारी दिँदै बाँकेका उमी खानले बर्सातको समयमा खेतमा पानी जम्ने हुँदा गाडीमार्फत इँटा ढुवानी गर्न कठिन हुने भएकाले घोडालाई इँटा ढुवानीका लागि खरिद गरिएको जानकारी दिए । उनले बर्सातको समयमा घोडामार्फत इँटा ढुवानी गर्न सहज हुने हुँदा खरिद गरी ल्याएको जानकारी दिए । खानका अनुसार खेतको बीचभागमा ठूला इँटा भट्टा छन्, बर्सातको समयमा पानी जम्ने र तराईको चिप्लो माटोका कारण गाडी प्रयोग गर्न नसकिने हुँदा उक्त समयमा उत्पादन भएका इँटा घोडामार्फत गोदामसम्म ढुवानी गर्न सजिलो हुन्छ ।

त्यसैले हिमाली क्षेत्रमा मात्र घोडा पाइने भएकाले आफूहरूले जुम्लाको सिँजाबाट खरिद गरिल्याएको सुनाए । खानले ३३ वटा घोडाको मूल्य सात लाख ५० हजार परेको सुनाए ।  गाेरखापत्र अनलाइनबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.