डिआइजीलाई चुनौती दिँदै बाराका एसपी

| 2023 Feb 07 | 12:57 pm 2273

बारा, माघ २४ः मधेस प्रदेशका प्रमुख प्रहरी नायव महानिरीक्षक वसन्त कुँबरले काजमा रहेको सबै दर्जाका प्रहरी कर्मचारीलाई रमाना दिन दिएको निर्देशनलाई बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बेवास्ता गरेका छन् ।

रिपोर्ट नेपाललाई प्राप्त समाचार अनुसार उपरीक्षक बोगटीले नुवाकोट दरबन्दी भएका प्रहरी निरीक्षक रुद्र कडेल, सर्लाही दरबन्दी भएका बरिष्ठ प्रहरी नायब निरीक्षक सागर राणा, हवल्दार बच्चु कुमार यादव, हवल्दार प्रदिप पासवानलाई भन्दा मुद्धा हेर्ने भनेता पनि सादा पोशाकमा तस्करीको लाइन मिलाउने कार्यमा खटाएका छन् ।

प्रदेश कार्यालयबाट नायव महानिरीक्षकले उक्त कुराको जानकारी पाएपछि चासो देखाएको थियो । नायव महानिरीक्ष कुँवरले चासो देखाएपछि प्रहरी निरीक्षक कँडेल र बरिष्ठ नायव महानिरीक्षक राणाले पानी मुनीको ओभानो बननका लागि आफूहरु मुद्धा मात्रै हेर्ने सबै बदमासी गर्ने बरिष्ठ निरीक्षक श्याम यादव भएको पोल लगाइदिएका छन् । स्थानीय बासीका अनुसार कँडेल र राणाको तुलनामा यादव बदमास नभएको बताउँछन् ।

समाचार स्रोतका अनुसार प्रहरी निरीक्षक कँडेल र बरिष्ठ निरीक्षक राणाको टोलीले प्रहरी चौकी मटियारावा मुसरहवा, ईलाका प्रहरी कार्यालय सिम्रनगढ, प्रहरी चौकी कचौरहवा लगायतका ठाउँहरुबाट तस्करलाई लाइन खुलाईदिएका छन् ।

तस्करले यताबाट जाँदा कालो मरिच लैजाने र भारतबाट आउँदा सुटिङ सटिङका लत्ता कपडा ल्याउने गरेको समाचार स्रोतको दावा रहेको छ । त्यसैगरी प्रशासन हेर्ने कुर्मी थरका प्रहरी निरीक्षकले आफ्नो छोरी क्यान्सर पीडित भएको भन्दै काजमा रहेका सिपाही हवल्दारसँग रमाना बुझ्ने कि सहयोग गर्ने भन्दै धम्काउने गरेको समेत समाचार प्राप्त भएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.