डा. केसीको मुद्दामा सरकारले गैह्र जिम्मेवारपन देखायोः नेता पौडेल

रिपोर्ट नेपाल | 2018 Jul 24 | 08:59 am 1968

काठमाडौं, साउन ८ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान  केपी ओली नेतृत्वको सरकार अधिनायकवाद तर्फ उन्मुख भएको आरोप लगाएका छन् ।

मंगलबार बिहान एक अन्तर्वार्तामा बोल्दै वरिष्ठ नेता पौडेलले सरकारले डा. गोविनद केसीको मुद्दा कांग्रेसको टाउकोमा थुपारेर सरकार गैह्र जिम्मेवारी तरिकाले अघि बढेको बताएका छन् ।

नेता पौडेलले डा. केसीको जायज र जनपक्षिय माग प्रति सरकार उदासिनभएर केहि व्यक्तिको निजि स्वार्थका लागि अघि बढेको समेत आरोप लगाएका छन् ।

एक प्रश्नको जवाफमा नेता पौडेलले मुलुक समृद्धिको बाटोमा जानका लागि अधिनायक सोच र चिन्तनले जान नसक्ने भन्दै प्रधानमन्त्री ओलीलाई दुई तिहाइको दम्भ त्याग्न आग्रह गरे ।

दुई तिहाइको सरकारले सबैको विचारको सम्मान गर्दै सबैलाई समेटेर सँगै लिएर गए मात्रै मुलुक समृद्धिको बाटोमा जाने कुरा प्रति सरकार उदासिन रहेको आरोप लगाएका छन् ।

डा. केसीको समाधानको विषयमा राखिएको जिज्ञासामा नेता पौडेलले कुनै व्यक्ति बिशेषलाई केन्द्र बिन्दुमा राखिएर सरकारले लिएको अडान छाडेर जनताको हितका लागि सत्याग्रहमा रहेका केसीको माग संबोधन गर्नका लागि माथेमा आयोगले दिएको प्रतिबेदन लागु गरे सहजै समाधान हुने बताए ।

संसदलाई अल्पमतले बहुमतले बन्धक बनाउनु हुँदैन भन्ने कुरा प्रति आफूहरु सजग रहेको बताउँदै नेता पौडेलले सरकारले अल्पमतको पनि सम्मान गर्नुपर्छ भन्ने सोच राख्न जरुरी भएको बताए ।

संघिय संसदमा रहेका समितिको वार्गेनिङ्गको लागि नेपाली कांग्रेस आन्दोलनमा गएको भन्ने आरोपलाई तपाई के भन्नुहुन्छ भन्ने जिज्ञासामा नेता पौडेलले सरकार दुई तिहाइको दम्भमा अधिनायकवादी शैलीले अघि बढ्दै जाने हामी रमिते भएर बसे ठिक हुने गलत कृयाकलापको विरोध गरे वार्गेनिङ्ग भन्ने यो सरकारको हार मानसिकताको उपज भएको बताए ।

पार्टी भित्रको आन्तरिक किचलोको विषयमा सोधिएको प्रश्नमा नेता पौडेलले सभापति देउवा पार्टीका आफूलाई समर्थन नगर्ने साथीहरुसँग छलफल बिना एकलौटी ढंगले अघि बढेकोले त्यसो नगर्न सचेत पारिएको बताउदै पार्टी भित्राको आन्तरिक विवाद समाधानको लागि छलफल आवश्यक रहेको बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.