ट्रयाक्टरले किच्दा उदयपुरमा सहचालकको मृत्यु

रिपोर्ट नेपाल | 2019 Dec 21 | 11:29 am 1593

उदयपुर, पुस ५: शुक्रबार साँझ त्रियुगा नगरपालिकामा ट्रयाक्टरले किच्दा एकको मृत्यु भएको छ।

मृत्यु हुनेमा सहचालक त्रियुगा नगरपालिका ६ जलजलेका अलि मियाँ रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका इन्चार्ज दिनेशकुमार चौधरीले जानकारी दिए।

त्रियुगा नगरपालिका–१३ बरुवा बसपार्क नजिकको बरुवा खोला जाने बाटोमा स १ त ६८०० नम्बरको ट्रयाक्टरले किच्दा उनको मृत्यु भएको हो ।

घटनाको अनुसन्धानका लागि ट्रयाक्टर र चालकलाई नियन्त्रणमा राखिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.