ज्योती मगरको तिज गित ‘विकृती’, अब छोटा लुगा नलगाउने घोषणा (भिडियोसहित)

रिपोर्ट नेपाल | 2018 Jul 18 | 10:00 am 3383

काठमाडौं, साउन २: चर्चित गायिका ज्योति मगर र भूमिका गिरीले नयाँ तिज गित ‘विकृती’ बजारमा आएको छ। उनीहरूले मंगलबार बेलुका युट्युबमार्फत गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन्।

गायिका भूमिका आफैले सञ्चालन गरेको युट्युब च्यानलमा गीत राखेकी छिन्। गीतमा भूमिका र ज्योतीको स्वर छ। भूमिकाको प्रस्तुतिमा रहेको यो तीज गीतमा शब्द नेत्र अर्यालले लेखेका हुन्। संगीत खेम सेञ्चुरीको हो।

म्युजिक भिडियोमा गायिकाद्वय भूमिका र ज्योति आफैंले अभिनय गरेका छन्। उनीहरूलाई मोडलिङमा मालती घले, एञ्जिला वाईबा, सविता परियार र सीमा घर्तीले साथ दिएका छन्। मोडलहरूलाई जना लुङ्गेलीले मेकअप गराएकी हुन्।

म्युजिक भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका छन्। राजेश घिमिरेको क्यामरा, विष्णु शर्माको सम्पादन रहेको म्युजिक भिडियोमा ज्योती सारीमा देखिएकी छिन्।

भिडियो

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.