काठमाडौँ ०९ असार / जनता समाजवादी पार्टी नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। विज्ञप्ति जारी गर्दै जसपा नेपालको गत जेठ ५ गते बसेको लुम्बिनी प्रदेश समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको जनाइएको छ।
पार्टी संसदीय दलकी प्रमुख सचेतक अम्बिका काफ्लेले आजैदेखि प्रतिपक्ष दलको भूमिकामा बस्ने निर्णय भएको जानकारी दिएकी छन्। संविधानको धारा १८८ को उपधारा २ बमोजिम जनता समाजवादी पार्टी, नेपाल लुम्बिनी प्रदेश सभा संसदीय दललाई समेत सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन पार्टीले दिइसकेको विज्ञप्तिमा उल्लेख छ ।
माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका जोखबहादुर महरालाई एमालेका २९, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्तिका ४ जसपाका २, एकीकृत समाजवादीका एक र एक जना स्वतन्त्र सांसद गरी ४७ जनाको समर्थन कायम छ। ८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ सांसद भए पुग्छ।