चोरी मुद्दामा फरार अभियुक्त १७ बर्षपछि पक्राउ

रिपोर्ट नेपाल | 2020 Jul 16 | 10:01 pm 1844

तनहुँ साउन १ः विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही फरार रहेका तथा सम्मानित अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी भएका व्यक्तीहरुको खोजी गर्ने कार्य तिब्रता दिदै आएकोमा नकवजनी चोरी मुद्दामा फरार रहेका एक अभियुक्तलाई १७ वर्षपछि प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तनहुँ कायम म्याग्दे गाउँपालिका वडा नं. १ बरभञ्याङका ३८ वर्षीय तत्काल राम बहादुर परियार भनी परिचय दिएकोमा नेपाली नागरिकतामा समेत नाम परिबर्तन गरी झलक बहादुर दमाई राखेका निज राम बहादुर परियार रहेका छन् ।

उनलाई तनहुँ जिल्ला अदालतको २०६० माघ २९ गतेको फैसलाले तोकिएको कैद १० महिना नौ दिन कैद भुक्तान गर्न बाँकी रहेका अभियुक्त राम बहादुर परियारको खोजतालस गर्ने क्रममा २०७७ साउन १ गते घरमा लुकिछिपी बस्दै गरेको अवस्थामा फेला पारी कानूनी रितपुर्वक पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उभियुक्तलाई सम्मानित तनहुँ जिल्ला अदालत समक्ष पेश गरेकोमा बाँकी रहेको कैद भुक्तानको लागि कारागार कार्यालय तनहुँमा पठाइएको प्रहरीले जनाएको छ ।

१ किलो ४ सय ८० ग्राम लागूऔषध गाँजा सहित १ जना पक्राउ

अवैध लागूऔषध सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँ व्यास नपा वडा नं. ४ चाईनापुल भतेरी स्थितमा तनहुँ व्यास नगरपालिका वडा नं. १० कुमलटारी स्थायी घर भई वडा नं. ४ चाईनापुल स्थितमा जेक भन्ने टेक बहादुर बिक रहेका छन् ।

बिकले संचालन गरेको जेके खाजा घरमा अबैध रुपमा गाँजा बिक्री बितरण हुने गरेको भन्ने गोप्य सुचनाको आधारमा प्रहरी टोली उनको खाजा घरमा र डेरामासमेत खानतालसी गर्दा उनले आफु सुत्ने बस्ने गरेको कोठाको खाट मुनी लुकाई छिपाई राखेको अवस्थामा गाँजा फेला परेको हो ।

एउटा पोका भित्र ८ सय २० ग्रमा र अर्को पोका भित्र ६ सय६० ग्राम गरी जम्मा १ किलो ४ सय ८० ग्राम लागूऔषध गाँजा फेला परेकोले कानुन बमोजिम रितपुर्वक बरामद गरी अभियुक्त बिकलाई पक्राउ गरी लागूऔषध गाजाँ मुद्धामा सम्मानित तनहुँ जिल्ला अदालतबाट म्याद थप अनुमती लिई थप अनुसन्धान भईरहेको बताइएको छ ।

नक्कली प्ररीक्षार्थी मुद्दाका फरार ७ बर्षपछी पक्राउ

नक्कली परिक्षार्थी बनी परीक्षा दिएको मुद्दामा फरार रहेका झापा कन्काई नगरपालिका वडा नं. ३ सुरुङ्गा घर भई हाल तनहुँ भानु नगरपालिका वडा नं. १ भन्सार बस्ने ३० वर्षीय जितेन्द्र कुमार शर्मालाई प्रहरीले पक्राउ गरेको छ ।

तनहुँ जिल्ला अदालतको २०७० जेठ २३ गतेको फैसलाले  ४० हजार जरिवाना तोकिएकोमा तोकिएको जरिवाना भुक्तान गर्न बाकी रही फरार रहेका थिए ।

शर्माको खोजतालस गर्ने क्रममा २०७७ साउन १ गते घरमा लुकिछिपी बस्दै गरेको अवस्थामा फेला पारी कानूनी बमोजिम पक्राउ गरी सम्मानित तनहुँ जिल्ला अदालत समक्ष पेश गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.