मंसिर २९ काठमाडौं, / गुल्मी जिल्ला मुसिकोट नगरपालिका वार्ड नम्बर ९ ददल्का निवासी अन्दाजी ३७ , ३८ वर्षीय श्री घनश्याम ढकाल केही दिनदेखि सम्पर्क विहीन भएका छन्। उनी सम्पर्क विहीन भएपछि परीवारका सदस्यले खोजी गरिदिन प्रहरीमा निवेदन दिएका छन्।
ढकाल गुल्मी बाट काठमाडौ आएर नया बस पार्क स्थित होटेलमा बसेको तर केहि दिनदेखि सम्पर्क बिहिन भएको बुझिएको छ। हालसम्म पनि सम्पर्कमा नआएकाले र आफन्तकोमा समेत नगएकाले खोजीकार्यको लागि सहयोग गरिदिन परिवारले आग्रह गरेका छन्।
त्यस्तै, प्रहरीले पनि घनश्याम ढकाललाई कतै भेटे नजिकैको प्रहरी कार्यालय तथा आफन्तहरुलाई बुझाइदिन वा 9749783527 वा सम्पर्क गर्न आग्रह गरेको छ।