स्पेन, मंसिर २६ / गत आइतबार स्पेनिस ला लिगा अन्तर्गत ग्रानाडा र एथ्लेटिक बिल्वाओ बीच भएको खेलको १७ औँ मिनेट मै ग्रानाडाका एक समर्थक ह्रदयाघातका कारण मैदानमा लडेपछि खेल स्थगित गरिएको थियो । घटना भएको एक घण्टापछि खेल स्थगित भएको थियो ।
ती समर्थकसँग ग्रानाडाको सिजनभरको टिकट रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ला लिगाले सो खेल सोमबार १७ मिनेटदेखि नै सुरु हुने जनाएको छ । टिकट किनेका समर्थकले खेल हेर्न पाउने अफिसियलले जनाएका छन् । खेलमा इनाकी विलियम्सको गोलमा एथ्लेटिकोले १–० को अग्रता बनाएको थियो ।
ला लिगाको तालिकामा एथ्लेटिको बिल्वाओ १५ खेलबाट २८ अंकसहित छैटौँ स्थानमा छ । रेलिगेसन क्षेत्रमा रहेको ग्रानाडाको समान खेलबाट ७ अंक मात्र छ ।