काठमाडौं, भदौ २१: गायिका जस्मिन साउँदको स्वरमा रहेको मेरो एक भगवान” बोलको लोक भजन बजारमा आएको छ।
पप आधुनिक, रक, र्याप गितमा मात्र नाच्चे नेपाली युवा पुस्तालार्इ लोक भजनमा पनि नाचेर रमाउने साथै इश्वरप्रतिको विश्वास अभिवृद्धि गर्न भजन उपयोगी हुने विश्वास जस्मिनको छ।
ज्ञान लिनको लागी युवा तथा सबै वर्गका मानिसहरु साथै हिन्दु धर्ममा आस्था राख्ने जो कोहि ले पनि यो गित बजाएर कुनै पनि पुजाआजामा नाच्दै रमाउन सक्ने गायिका जस्मिन बताउछिन्।
रतिराम साउँदको शब्द तथा संगीतमा भजन तयार गरिएको हो।
गीतको भिडियोलाई मुकेश हुमाँगाईँको छायाँकन गरेका हुन् भने अविनास डिसीले सम्पादन रबविता श्रेष्ठको निर्देशन गरेका हुन्।