गायक राज सिग्देलले लिएर आए कति पीडा

रिपोर्ट नेपाल | 2023 Jul 03 | 07:22 pm 1669

– रूद्रदेव पाण्डे

काठमाडौं, असार १८ । उ जितेर गई या हारेर गई, नतिजा आफैतिर पारेर गई भन्ने गजल लगायत थुप्रै गजल तथा आधुिनक गीत गाएर दर्शक श्रोताबाट अपार माया बटुलेका सुमधुर स्वरका धनी राज सिग्देलले अर्को गीत “कति पीडा” दर्शक सामु पस्केका छन् ।

मानिसले आफ्नो जीवनकालमा भोगेका दुःख, पीडा र चोटको बयान गरिएको उक्त गीतमा गायक सिग्देलले आफैलाई परेको जस्तै भावमा सुमधुर कण्ठले प्रस्तुत गरेका छन् । बाल्यकालमा नजानिदो तरिकाले परेको प्रेम कहानीलाई वालकलाकारद्वारा जीवन्त रुपमा प्रस्तुत गरिएको गीतलाई महेश श्रेष्ठले लिपिबद्ध गरेका हुन् ।

शब्दहरुले जीवनका आरोह अवरोहलाई प्रस्तुत गरेको छ भने ती शब्दहरुमा जीवन भरेका छन सुप्रिम राज विश्वकर्माले जुन सदियौंसम्म जिवित रहने छन् । त्यसैगरी दर्पन यात्रीले एरेन्ज गरेको यो गीतलाई चक्रबहादुर बरालले उत्कृष्ट छायाँकंन गरेका छन् । यस म्युजिक भिडियोमा कलाकारहरु विजय पुन, आयुस्मा गौतम सचिन परियार र मुना महराले अभिनय गरेका छन भने निर्देशन चित्र मास्की मगरले गरेका छन् । म्युजिक भिडियो सुप्रीम कृयसन युट्युव च्यानलमा हेर्न सकिन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.