काठमाडौं, साउन २ : चर्चित लोक गायक खुमन अधिकारी र सिलु भट्टरार्इले ‘चम्किए तन्नेरी’ बोलको नयाँ तिज बजारमा ल्याएका छन् । रमेश विजीको शब्द रहेको गितमा खुमन अधिकारीले लय भरेका हुन्।
आशिस म्युजिक प्रालीले बजारमा ल्याएको यस गितलार्इ म्यु्जिक नेपालले मंगलबार युट्युबमा अपलोड गरेको हो। क्रान्ती केसीको निर्देशन र सम्पादन रहेको यो गित अहिले निकै चर्चामा छ। जेम्स विसी र लोस्हीना एलसीको अभिनय रहेको गितलार्इ अजय रेग्मीले छायांकन गरेका हुन्।
यो टोलीले यसअघि भगेरी चरी बोलको गित बजारमा ल्याएको थियो । जुन नेपाली संगित बजारमा चर्चाको शिखर चुम्न सफल भयो।