खुकुरी प्रहार गरी श्रीमतीकाे हत्या

रिपोर्ट नेपाल | 2019 Sep 06 | 10:51 am 2153

खोटाङ, भदाै २०: बिहीबार राति खाेटाङमा  खुकुरी प्रहार गरी श्रीमानले आफ्नै  श्रीमतीको हत्या गरेका छन् ।

खाेटाङ रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका सीताराम राईले आफ्नै ३० वर्षीया श्रीमती देवीका राईलाई टाउकोमा खुकुरी प्रहार गरी हत्या गरेका हुन् । खुकुरी प्रहारबाट देवीकाकाे घटनास्थलमै मृत्यु भएकाे प्रहरीले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक बामदेव गौतमका अनुसार हत्या गरेलगत्तै स्थानीयवासीले प्रहरीमा दिएको जानकारीका अनुसार जिल्ला प्रहरी कार्यालय दिक्तेलबाट गएको प्रहरी टोलीले सीतारामलाई नियन्त्रणमा लिएको बताए ।

त्यसरी भएकाे विभत्स हत्याको कारण भने अहिलेसम्म खुल्न नसकेको र मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेल ल्याइएको प्रहरीले जनाए ।

श्रीमतीकाे हत्यापछि पक्राउ परेका सीतारामलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक आमोद खेरवालले जानकारी दिए । उनीहरूका एक छोरा रहेकाे बुझिकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.