काठमाडौँ २५ चैत / गण्डकीको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएका छन्। आइतबार बिहान प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष अधिकारीले दाबी पेस गरेपछि नियुक्त गरिएको हो। प्रदेश प्रमुख भट्टले आइतबार दिउँसो संविधानको धारा १६८ (२) बमोजिम अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। ।
अधिकारीले एमाले, माओवादी केन्द्र र दीपक मनाङेको समर्थनमा आइतबार प्रदेश प्रमुख समक्ष दाबी पेस गरेका थिए ।
उनले सभामुखसहितको मतलाई जोडेर पेश गरेको दाबिलाई प्रदेश प्रमुखले स्वीकार गर्दै मुख्यमन्त्री नियुक्त गरेका छन् । यस अघि कोशी प्रदेस सरकार गठनमा सभामुखले मत दिएपछि सर्वोच्चले सो सरकार बर्खास्त गरेको नजिरलाई बेवास्ता गर्दै नयाँ मुख्यमन्त्री नियुक्त भएका छन् ।