कोशीमा पानीको बहाव फेरी बढ्यो, ३४ वटा ढोका खोलियाे

रिपोर्ट नेपाल | 2019 Jul 13 | 12:46 pm 1891

इनरुवा, असार २८ : पछिल्ला केही दिनयता सप्तकोशी नदीमा पानीको बहाव निरन्तर बढ्ने क्रममा छ । आजको पछिल्लो मापनअनुसार सप्तकोशी नदीमा पानीको बहाव २ लाख ४६ हजार ८ सय ४५ क्युसेक प्रतिसेकेण्ड पुगेको छ ।

ब्यारेजका ३४ वटा ढोका खोलिएका छन् । उता एकाबिहानै सतर्कता लेभल पार गरेको चतरास्थित बाढी मापन केन्द्रमा कोशीको जलस्तर बढेर ६ दशमलव १७ मिटरमा पुगेको छ । चतरामा गरिने मापनले ५ दशमलव ६ मिटर तहले सर्तकता लेभललाई जनाउँछ । उक्त तह कोशीको बहावले आज विहानै पार गरिसकेर खतराकाे तह नाघेकाे हाे ।

चतरा स्थित बाढी मापन केन्द्रका अनुसार नदीको जल स्तर बढेर ६ मिटर नाघे खतरा र ६ दशमलव ८ बिन्दुमा पुगे पूर्ण रुपमा जोखिमसहितको खतरा भन्ने बुझाउँछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.