कैलालीमा जुवातास खेल्ने १० जुवाडे प्रहरीको फन्दामा

रिपोर्ट नेपाल | 2023 Aug 02 | 05:31 pm 1477

कैलाली, साउन १७ । कैलालीको धनगढी उपमहानगरपालिका–४, बसपार्कमा रहेको  होटेल कलेलमा जुवातास खेलिरहेको अवस्थामा १० जना जुवाडेलाई प्रहरीले  पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा जुवाको  अखडामा छापा हान्दा  डोटीको पुर्वीचौकी गाउँपालिका–३ बस्ने २५ वर्षीय अमित बोहरा समेत १० जनालाई  प्रहरीले पक्राउ गरेको हो ।

जुवाको खालबाट प्रहरीले  एक लाख चार हजार ८ सय १० रूपैयाँ र दुई बुक ताससहित पक्राउ गरेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.