कृष्ण समीपको गीतमा दिलिप रायमाझीको छमछमी (भिडियोसहित)

रिपोर्ट नेपाल | 2018 Jun 04 | 08:53 am 3891

काठमाडौं, जेठ २१: कुनै समय लोकदोहोरी गीतबाट चर्चाको शिखरमा पुगेका गायक कृष्ण समीप सुवेदी यसपटक फरक धारको गीतबाट आफूलाई आम दर्शक स्रोतमाझ प्रस्तुत गरेका छन् ।

त्यतिमात्र होइन उनले नेपाली चलचित्रका चर्चित नायक दिलिप रायमाझीलाई आफ्नो गीतमा प्रस्तुत गरका छन्, जसका कारण गीतको संगीत र स्वरसँगै भिडियोग्राफीको चर्चा अहिले सामाजिक संजालमा मज्जैले चलेको छ ।

आफ्ना हरेक सृजनामा फरक शैली अपनाउन रुचाउने सुवेदीले दिलिप रायमाझीसँगको भिडियो सहकार्यमा नयाँ गीत ‘तरकारी काउली’ बजारमा ल्याएसँगै एकाएक चर्चा चुलिएको छ ।

शब्द, संगित र स्वर सुवेदीकै रहेको सो गीतमा सविता बस्नेतले स्वरमा साथ दिएकी छन् । साथै भिडियोमा नायक दिलिप रायमाझीसँगै गायिका तथा मोडल साबित्रा बस्नेतले अभिनय गरेका छन् ।

रन्जित कुमार छेत्रीको निर्देशन, टेकेन्द्र साहको सम्पादन र अजय रेग्मीले क्यामरा चलाएका छन् । राधिका इन्टेरटेन्मेन्टको प्रस्तुतिमा रहेको तरकारी काउलीलाई हाईलाइट नेपालले आफ्नो युट्युब च्यानलमा राखेको छ ।

भिडियो

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.