कारागारमै कैदीको मृत्यु

रिपोर्ट नेपाल | 2019 Mar 04 | 02:15 pm 1834

तेह्रथुम, फागुन २० : जिल्ला कारागार तेह्रथुममा कैद भुत्तान गरिरहेका एक कैदीको मृत्यु भएको छ। छथर गाउपालिकाका ९२ बर्षीय खड्ग सिंह ठकुरीको आइतबार राती मृत्यु भएको हो।

ठकुरीको श्वास्थ्यमा समस्या आएपछि उनलाई जिल्ला अस्पतालमा भर्ना गराई उपचार गर्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलयका डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए। ठकुरीलाई ०७१ साल भदौमा बालिका जवर्जस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो।

करणीका आरोप लागेका खड्ग सिंहलाई तेह्रथुम अदालतले ८ बर्षको कैद सजाय ताकेपनि पनि पुनरावेदन अदालत धनकुटाले ४ बर्षको कैद मात्र फैसला गरेको थियो। मृतक ठकुरीको शव जिल्ला अस्पतालमा पोष्टमार्टमगरि आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.