– सुबास बोहोरा
देख्न,हेर्न र भोग्न बाँकि धेरै हुनसक्दछ जीवनमा।
सकारात्मक सोचले सबैलाईआत्मसन्तुष्टी दिन्छ।।
भौतारिएका देखिन्छन् सबै सुख खोज्ने बहानामा।
जिम्मेवारी बुझ्नु समयले बाटोआफै देखाईदिन्छ।।
भड्काउने गतिबिधि गर्ने कसैलाई छुट पाईदैन।
गर्दा कानुनले कठघरामा तिमिलाई पुर्याईदिन्छ।।
सद्भभाब बिथोल्नेअधिकार कोहि कसैलाई छैन।
देशले चाहाँदा खराब प्रबृति ठेगान लगाईदिन्छ।।
परम्परा बिश्वासआस्थालाई मेट्ने प्रयास गर्नुहुन्न।
कलङ्ककित भएपछि ईतिहासले नाम बिर्सिदिन्छ।।