मकवानपुर, साउन २३: बुधबार बिहान हेटौँडा उपमहानगरपालिका वडा नं ४ स्थित ओक्याक्स सिनेमा हलमा आगलागी भएको हो ।
बिहान एक्कासी हलभित्रबाट धुवाँ निस्कन थालेपछि आगो फैलिएको हो । आगोलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीको ठुलो टोली पुगिसकेको छ।
घटनास्थलमा पुगेको प्रहरीको टोलीले हलको भित्री भागमा बिजुली सर्ट भएपछि आगलागी भएको जनाएको छ । तर आगो नियन्त्रणमा आइनसकेकाले यसबारे विस्तृत विवरण बुझ्न समय लाग्ने प्रहरीले जनाएको छ ।