ओढारमुनिबाट १६ केजी सुन बरामद

| 2019 Jul 25 | 02:17 pm 1700

गोरखा, साउन ९:  जिल्लाकाे धार्चे गाउँपालिका -३ खोर्लाबेशीमा ओढारमा लुकाएर राखेको १६ केजी सुन प्रहरीले बरामद गरेको छ ।

उक्त सुन चुमनुब्री गाउँपालिका हुल्चुकका ब्यापारी धनकमल गुरुङले लुकाएर राखेकोअवस्थामा बरामद गरेको गोरखाका प्रहरी प्रमुख एसपी ओम अधिकारीले जानकारी दिए । उक्त सुनको ढिक्कामा तौल १ हजार ग्राम रहेकाे उल्लेख गरिएको छ ।

ब्यापारी धनकमले काठमाडौंमा पक्राउ परेका थिए । उनले ओढारमा सुन लुकाएको ठाउँ देखाएका हुन् । प्रहरीका अनुसार ओढारमा ढुंगामुनि झोलाभित्र हाते रुमालले बेरिएको, त्यसभित्र दुई वटा प्लास्टिकले ढाकिएको र त्यसभित्र बोरामा सुन राखिएको थियो । सुन दुईवटा झोलामा भएकाे प्रहरीले जनाए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.