उठाएको रकम पचाउँन डिएसपी गुरुङ लागे सिसिटिभी जडानमा

रिपोर्ट नेपाल | 2019 May 30 | 02:28 pm 2475

कास्की, जेठ १६: जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत प्रहरी नायब उपरीक्षक (डिएसपी) रविन्द्र गुरुङका विषयमा बुधबार रिपोर्ट नेपालले समाचार प्रकाशित गरेपछि कास्कीका व्यवसायिहरुले रिपोर्ट नेपाललाई सत्य समाचार लेखेको भन्दै धन्यवाद दिएका छन् ।

लामो समयदेखि विभिन्न शक्ति केन्द्रको सोर्सफोर्सको आधारमा कास्कीलाई दुहुनो गाई बनाएका डिएसपी गुरुङले जिमहल र सिसिटिभी जडानका लागि भन्दै बैंकरदेखि व्यवसायिसँग रकम असुली गरेका छन् । यस विषयमा समाचार बाहिरिएपछि नयाँ एसपी हाजिर नहुँदै सिसिटिभी जडान गर्नका लागि बिहिबार दौडधुप गरेको समाचार प्राप्त भएको छ ।

डिएसपी गुरुङको कृयाकलापको बारेमा विभिन्न संचार माध्यममा समाचार निस्किएपछि प्रदेश प्रहरी कार्यालयले छानबिन गर्न एसपीको कमाण्डमा समिति बनाएको छ । सम्भावित कारबाहीबाट बच्नका लागि डिएसपी गुरुङले प्रधानमन्त्री केपी ओलीको ज्यादै नजिकको मान्छे बताउने रामबजारका गुरुङ थरका एक व्यक्तिको शरणमा पुगेका पनि समाचार स्रोतको दावी छ ।

नेपाल प्रहरीमा व्यवसायिक र स्वच्छ छविका रुपमा हेरिने एसपी दानबहादुर कार्कीलाई आफ्नो प्रभावमा पार्न नसक्ने बुझेपछि एसपी कार्की कास्की नपुग्दै उठाएको रकमलाई प्रयोग गर्न सिसिटिभी जडान गर्न थालेको समाचार स्रोतको दावी छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.