काठमाडौँ, साउन १३ : इण्डोनेसियामा आइतबार गएको ६.४ रेक्टर स्केलको शक्तिशाली भूकम्पमा परी हालसम्म १० जनाको मृत्यु भएको छ । स्थानीय समयअनुसार बिहान ७ बजे गएको हो । भूकम्पको केन्द्र चर्चित पर्यटकीय क्षेत्र लोमबोक रहेको बीबीसीले उल्लेख गरेको छ ।

भूकम्पका कारण धेरै घरमा क्षति पुगेको छ भने थुप्रै मानिस घाइते भएको सरकारी अधिकारीहरुले बताएका छन् । उद्दार कार्य सुरु भएको छ र मृतकको संख्या बढ्ने सक्ने अनुमान गरिएको छ । पर्यटकीय क्षेत्रमा भूकम्प गएकोले यसबाट ठूलो संख्यामा पर्यटकहरु पनि प्रभावित भएको हुनसक्ने अनुमान सरकारी अधिकारीहरुको छ ।
ठूलो भूकम्पसँगै ६० वटा स-साना भूकम्प पनि गएको बताइएको छ । जसमध्ये सबैभन्दा ठूलो ५.७ रेक्टर मापन गरिएको थियो । बीबीसी