अस्ट्रेलिया र डेनमार्क १ – १ गोलको बराबरीमा सकियो

| 2018 Jun 21 | 07:40 pm 3382

काठमाडौँ, ७ असार :   रुसमा जारी ‘विश्वकप २०१८’ अन्तरगत आज ‘सी’ र डीका तीन खेल भइरहेको ‘सी’ अन्तर्गत पहिलो खेलमा अस्ट्रेलिया र डेनमार्कको १ – १ गोलले बराबरी भएको छ । डेनमार्कको क्रिस्टियन एरिकसेनले एक गोल गेरको हो भनेअष्ट्रेलियाको मिले जेडिनकाले एक गोल गरेका हुन् ।

डेनमार्कले पहिलो खेलमा पेरु माथि एक गोलको जित निकाल्दै ३ अङ्क बटुलिसकेको छ भने उसका प्रतिस्पर्धी अस्ट्रेलिया फ्रान्ससग दुई एक गोलले पराजित हुँदै अंकविहीन बनेको थियो । डेनमार्क र अस्ट्रेलियाको यस अघि हेड टु हेडका आधारमा तीन पटक भेट भएको छ ।

सन् २००७ बाट तीन पटक अन्तर्राष्ट्रिय खेलमा भेट हुँदा डेनमार्क दुई पटक जित निकाल्दा अस्ट्रेलियाले मात्र एक पटक जित निकालेको छ । विश्वकपको समूहमा पनि डेनमार्कले जित निककालेको कारण आजको खेलमा पनि अस्ट्रेलिया विरुद्ध डेनमार्क कै हाबी हुने सभ्भावना प्रबल छ ।

दोस्रो खेल फ्रान्स भर्सेस पेरुको हुदैँछ, भने आजै हुने तेस्रो खेलमा समूह डीमा रहेको अर्जेन्टिना भर्सेस क्रोएसियाबीच हुदैँछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.