असिना पानीले बाजुरामा गहुँबाली नष्ट

| 2023 May 18 | 04:07 pm 1125

बाजुरा, जेठ ४ः बाजुरामा असिना पानीले गहुँबाली नष्ट पारेको छ । बुधबार परेको असिना पानीले जिल्लाका विभिन्न ठाउँमा पाक्न लागेको गहुँ बाली नष्ट पारेको हो । पाकेको गहुँबाली घर भित्र्याउन नपाउँदै असिना पानीले सखाप पारेपछि यति बेला किसान निकै चिन्तित छन् ।

कात्तिकमा बेलुकी राम्रोसँग सुत्न नपाएर सिंचाइ गरेर लगाएको गहुँबाली पाकेर घर भित्र्याउने बेला असिनाले सबै नष्ट पारिदिएको खप्तड छेडेदह गाउँपालिका –७ पदमा नेपालीले बताए । हिउँदमा दिन रात नभनी लगाएको गहुँ खेती यतिबेला असिना पानीले सबै नष्ट पारिदिएपछि के खाएर पेट पाल्ने भन्ने चिन्ता लागेको उनले बताए ।

असिना पानीले जिल्लाको बुढीगङ्गा, बडिमालिका गौमुल र खप्तड छेडेदह गाउँपालिकामा लगाएका गहुँबाली नष्ट पारेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ । असिना पानीले बुढीगङ्गा, बडिमालिका गौमुल र खप्तड छेडेदह गाउँपालिकामा लगाएका गहुँ तथा वर्षे आलु बालीमा समेत ठुलो क्षति पुगेको कृषि ज्ञान केन्द्र बाजुराका सूचना अधिकारी मीनप्रसाद जैशीले बताए ।

उनले भने, ‘असिना पीडित किसानले कृषि विकास शाखा र वडा कार्यालयलाई तथ्याङ्क सङ्कलनमा आवश्यक समन्वय तथा सहजीकरण गरी दिनुपर्ने बताए।

विवरण सङ्कलन ढाँचा सबै कृषि शाखाको इमेलमा पठाइएकाले असिनापीडितले सोहीअनुसार तथ्याङ्क सङ्कलन गरी कृषि ज्ञान केन्द्रमा पठाउनुपर्ने उनले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.