भद्रपुर,कात्तिक १ : बडा दशैं मनाउन गृह जिल्ला पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक बजेटमा बृद्ध बृद्धा नागरिकको भत्ता बढाउने बताएका छन्।
वर्तमान सरकार गठन आफ्नो हुँदा मुलुकको ढुकुटी खाली स्थितिमा रहेका कारण गएको वर्ष ज्येष्ठ नागरिक भत्ता बढाउन नसकेको उनले बताए ।
महान चाड बडादशैँको अवसरमा नेकपा झापा जिल्ला कमिटीद्वारा आज बिहिबार बिर्तामोडमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा शुभकामना मन्तव्य दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले भनेजस्तो भएन भनेर ज्येष्ठ नागरिकलाई नरमाइलो लागिरहेको होला, अवको बजेटमा हामी भत्ता बढाउँछौं ।
मुलुकलाई सुशासन र समृद्धिको बाटोमा डोर्याउने आफ्नो मुख्य सङ्कल्प भएको उल्लेख गर्दै उनले जनताको अपेक्षा र विश्वासलाई तलमाथि नपार्ने बताउँदै भने मैले कर्तव्य बुझेको छु, नाकमा कालो लाग्न दिन्न ।
सो अवसरमा अर्थमन्त्री डा युवराज खतिवडा, प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राई, प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीलगायतको सहभागिता थियो ।