–त्रैलोक्यप्रताप सेन
तानाशाहा जो श्रीपेचधारी महाराज होईन,
अनी जंगे मार्का हुकुमधारी नि होईन।
हिटलर–मुसोलीनी को त कल्पनै कहाँ यो युगमा ?
मानव रगतमा रमाए, गनाए सम्म पनि यो युगमा।
अनि,लेनिन–स्टालिन र माओ ?
अब त चेतनाबाट नि टाढा जाओ।
मेरो देशको पूज्य शासक पठाईदेउ भगवान् ,
यौटा, लंगौटीधारीुुतानाशाह !!
नांगो शरिर, मात्र लाज ढाक्ने लंगौटीप्रतिको आशक्ति !
चलाओस् हुकुम आफ्नै लालची प्यास र मोहधारी शरिरमाथि।
कोर्रा लगाओस अवचेतन मनको कहिले न अघाउने भ्रष्टाचारी माथि।।
गरोस समर्पण छालाले बेरेको शरिर भित्रको चेतन–राष्ट्रलाई केवल।
मनले चाहना गरे नहुने कहाँ के छ र ?
मात्र प्यासी बनोस् मातृभूमि को संपन्नताका खातिर,
सधै भोको बनोस नेपालीजनको हाँसोका खातिर।।
हुने रहेनछ दौरा सुरुवाल कोट, नेपाली टोपीले ! भ्रष्ट शरिर ढाकिए पछि !
टाईसुट वा धोती कुर्ता केहीले नि भएन,
देशद्रोही मानसिकता राखिएपछि।
त्यसैले विन्ति छ भगवान !!
पठाईदेउ यौटा क्रुर तानाशाह (लंगौटीवाल),
किनकि, जन्माऊन सकेनौं यस्तो तानाशाह आफै हामी आमा बा ले।।