अनुमती

रिपोर्ट नेपाल | 2023 Sep 08 | 05:20 pm 2849

कविता

चोखो माया तिमी सँग लाउन मन छ
तिम्रो मात्रै मनमा ठाउ पाउन मन छ
तिमी मन पर्छ कि पर्दैन भनन
अनुमती छ कि छैन भनन

मनको भारी तिमीसँग बिसाउन मन छ
दुइ मुटुको धड्कन मिलाउन मन छ
तिमी इच्छा छ कि छैन भनन
अनुमती छ कि छैन भनन

तिमी सँग पुरै जिबन बिताउन मन छ
जिबनमा तिम्रै हित चिताउन मन छ
तिमी मेरो हो कि होईन भनन
अनुमती छ कि छैन भनन

– शैलेन्द्र बिक्रम बिडारी

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.