काठमाडौं, जेठ २६: कोरियन भाषा परिक्षा दिने १४ जना नक्कली विद्यार्थी पक्राउ परेका छन् । शनिबारदेखि सुरु भएको कोरियन भाषा परिक्षामा ललितपुरबाट मात्रै १४ जना नक्कली विद्यार्थी पक्राउ परेको प्रहरीले जनाएको छ ।
काठमाडौं र पोखराका विभिन्न २८ केन्द्रमा सञ्चालन भएको परिक्षामा ८० हजार भन्दा बढीको उपस्थिति रहेको थियो । कोरियाबाट आएको परिक्षा अनुगमन टोलीको निगरानीका क्रममा उनीहरु नक्कली भएको पत्ता लागेपछि पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।
परिक्षा अनुगमनका लागि कोरियाबाट ६४ जनाको टोली नेपाल आएको हो । कोरियन भाषा परिक्षा उतिर्ण गरेर वर्षेनि हजारौं नेपालीहरु कोरियमा रोजगारीका लागि जाने गर्दछन् । परिक्षा हलमा यसरी हरेक वर्ष नक्कली विद्यार्थी फेला परेपछि कोरियाले दिंदै आएको श्रम अनुमति खारेज गर्न सक्ने चिन्ता बढेको छ ।