काठमाडौं, चैत २५: ह्याम्स अस्पतालको हेलिप्याडमा हेलिकोप्टर दुर्घटना भएको छ। धुम्बाराहीस्थित उक्त अस्पतालबाट उडान गर्ने क्रममा एयर डाइनास्टीको हेलिकोप्टर दुर्घटना भएको प्रहरीले जनाएको छ।
उक्त हेलिकोप्टर बिरामी लिन भरतपुर जान लागेको प्रहरीले जनाएको छ। तर उड्ने क्रममा हेलिकोप्टरको पुच्छरमा क्षति पुगेको प्रहरीले बताए। दुर्घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।