काठमाडौं महानगरले खटायाे सुर्तीजन्य पदार्थ अनुगमनका लागि नगर प्रहरी

| 2023 Dec 14 | 03:29 pm 573

काठमाडौं, मंसिर २८ / काठमाडौं । काठमाडौं महानगरपालिकामा आजदेखि महानगरभित्र सुर्तिजन्य पदार्थ बिक्री वितरणमा पूर्ण प्रतिबन्ध गर्नका लागि महानगरले ५० जना नगर प्रहरी परिचालन गर्ने भएको छ ।

काठमाडौं महानगरपालिका, जनस्वास्थ्य ऐन र सुर्तीजन्य पदार्थ निरूपण र नियमन ऐनअनुसार सुर्तीजन्य पदार्थ बिक्री वितरण र सेवनमा नियमन र नियन्त्रण गर्न लागिएको महानगरको दाबी छ ।

बुधबार महानगरले पत्रकार सम्मेलन गरेर आफ्नो क्षेत्रभित्रका पसलको अनुगमन गर्दा सुर्तीजन्य पदार्थ भेटिएमा दुई पटकसम्म जफत गर्ने र तेस्रो पटकमा पसल नै बन्द गरिने चेतावनी दिएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.