सुनकाण्डका अभियुक्त तारेखमा छाड्न माग

| 2018 Jun 25 | 05:47 pm 3700

विराटनगर, ११ असार : साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या मुद्दाका अभियुक्त चार प्रहरी अधिकारीसहित ११ जनाले जिल्ला अदालत मोरङको आदेशविरुद्ध उच्च अदालतमा निवेदन दर्ता गराएका छन् ।

जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा पठाएका उनीहरुले साधारण तारेखमा छाड्न माग गर्दै आफ्ना वकिलमार्फत उच्च अदालतमा मुलुकी ऐनको अदालती बन्दोबस्तको महलको १७ नम्बर अनुसार निवेदन दिएका हुन् ।

पूर्वडीआईजी गोविन्द निरौला, एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, डीएसपी सञ्जयकुमार राउत, गोरेको सहयोगी टेकबहादुर मल्ल र नेपाल एयरलाइन्सका कर्मचारी राजन थापा, हेमन्त गौतम, पुण्यप्रसाद लामा, भूजुङ गुरुङ र सम्बीरप्रसाद तोलाङ्गेलगायतले उच्च अदालतमा निवेदन दिएका हुन् । गोरेका सहयोगी मल्ल र नेपाल एयरलाइन्सका कर्मचारी थापाले कानुन व्यवसायी नारायणप्रसाद अधिकारी मार्फत र अन्य अभियुक्तले आआफ्ना कानुन व्यवसायीमार्फत निवेदन दिएका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.